नेपाली चेली मिरा फ्रान्समा च्याम्पियन (फोटो फिचर)

एजेन्सी | २०७२ असार १२ शनिबार 8068 पटक पढिएको

फोटो :फ्रान्समा जितेको म्याराथनको उपाधिसहित मिरा रार्इ । तस्बिर : एजेन्सी
फ्रान्समा फहराइन् नेपालको झन्डा
काठमाडौं : नेपाली चेली मिरा रार्इ फ्रान्समा भएको एक म्याराथनमा च्याम्पियन बन्न सफल भएकी छन् ।
 
पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेकी अल्ट्रा म्याराथन धावक मिरा राई फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लङ्क म्याराथनमा च्याम्पियन बन्न सफल भएकी हुन् ।
 
अस्ट्रेलिया, न्युजिल्यान्ड, चेक रिपब्लिक, जापान, पोल्यान्ड, दक्षिण अफ्रिका र अमेरिकासहित ३० वटा बढी देशका धावक सहभागी यो म्याराथनमा उनले विश्व कीर्तिमान कायम गरेकी बताइएको छ ।

शनिबार सम्पन्न ८० किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनमा मिरा फ्रान्स, इटाली र स्पेनका चर्चित धावकहरुलार्इ पछि पार्दै महिलातर्फ च्याम्पियन बन्न सफल भएकी हुन् ।
 
मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरी उपाधि उचालिन् । सो म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो हुन सफल भए ।
 
यसअघि हङकङमा ५० किलोमिटरको स्कार्इ-रनिङ अल्ट्रा च्याम्पियन्सिप जितेकी मिरा फ्रान्समा विश्व च्याम्पियन बन्न सफल भएकी हुन् ।
 
उनले यसअघि इटालीमा भएको इन्टरनेशनल अल्ट्रा रनिङको पनि उपाधि जितेकी थिइन् । उनले नेपालमै पनि हिमालयन आउटडोर फेस्टिबलमा ५० किलोमिटरको ट्रेल रेस र एक सय ५७ किलोमिटरको मुस्ताङ ट्रेल रेस पनि जितिसकेकी छन् ।

भोजपुरको सानो दुम्मा गाविसमा जन्मिएकी उनी पढ्दापढ्दै माओवादी छापामार बनेकी थिइन् । माओवादी बाल छापामार बनेपछि नै उनको जीवनले कोल्टो फेरेको थियो ।
 
गतवर्ष नेपालमा भएको ५० किलोमिटरको हिमालयन आउटडोर फेस्टिबलमा प्रथम भएकी उनको यात्रा त्यसपछि रोकिएको छैन । त्यसको केही महिनापछि उनले मुस्ताङ ट्रेल रेस जितिन् । त्यसपछि इटलीको ५७ किलोमिटरको सेलारेन्दा ट्रेल रेस र ८३ किलोमिटर लामो ट्रेल डेग्ली इरोयमा उनी नै च्याम्पियन बनिन् ।
 
उनी हङकङमा सम्पन्न ५० किलोमिटरको एमएसआइजीमा प्रथम भइन् । त्यसपछि किङ अफ हिल म्याराथन हङकङमा दोस्रो, एचके एमएलआइजी भर्टिकलमा प्रथम र एमएसआइजी लान्टाउ ५० एचके ५० सेरिजमा दोस्रो हुन सफल भएकी थिइन् ।







माओवादी छापामार हुँदा मिरा रार्इ
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame