विदेश गएका २३ युवा बेपत्ता

रासस | २०७३ जेष्ठ २५ मंगलवार 2691 पटक पढिएको

फोटो :फाइल फोटो
मलेखुः रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । 
 
कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । 
 
सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनअनुसार उनीहरु विदेश गएर बेपत्ता भएका हुन् । 
 
धादिङको उत्तरी क्षेत्रका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, , कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजना कार्यक्रम संयोजक गङ्गा सुवेदीले जानकारी दिइन् । 
 
परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेको सुवेदीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame