कमाउन गएका प्रदीप कफिनमा घर फर्किए

तोयानाथ भट्टराई | २०७३ जेष्ठ २७ बिहीवार 31787 पटक पढिएको

इलामः पैसा कमाएर परिवारमा खुशी थप्न बैदेशिक रोजगारीमा गएका इलामको दानाबारी–३ गगटेका २६ वर्षीय  प्रदीपकुमार राई ‘रुपेश’ को शव घरमा आइपुगेको छ । 
 
सम्पती कमाउने सपना बोकेर मलेसिया पुगेका प्रदीप कफिनमा पोको परेर घरमा आइपुगेपछि गाउँमा रुवाबासी भएको छ । 

गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन भएको स्थानीयबासी विमल दहालले जानकारी दिए ।

मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गदै गरेका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको मलेसियामै रहेका दानाबारी–३ शुक्रबारे बजारका सूर्य पाख्रिनले जानकारी दिए । 

राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । उनले ‘जिन्दगी’ एल्बममा ‘यो चुली है भीरको.....’ गीतको म्युजिक भिडियोमा पनि अभिनय सकेका थिए । 

उनको शव दानाबारीमा ल्याई घरकै आँगनमा बुधबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको काका सुकमानले बताए । 

राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मीदाश राई, श्रीमती सुनिता राई तथा दुई छोरीहरु कृषा र श्रेया रहेको परिवारले जनाएको छ । 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame