एनआरएन मलेसियाको अध्यक्षमा राई मनोनित

अन्नपूर्ण | २०७३ जेष्ठ २९ शनिबार 1508 पटक पढिएको

मलेसियाः गैर आवासीय नेपाली संघ (एनआरएन) मलेसियाको अध्यक्षमा विश्वविक्रम राई मनोनित भएका छन् ।

शनिबारको बैठकले राईलाई अध्यक्ष मनोनयन गरेको एनआरएन मलेसियाले जनाएको छ।

दुई महिना अघि ठगी आरोपमा तत्कालनि अध्यक्ष  महेन्द्र जंगशाह बर्खास्त भएपछि रिक्त पदमा राई मनोनित भएका हुन् ।

एक वर्ष अघि मात्र संघको अघिवेशन गरिएकाले तत्काल अघिवेशन गरिरहनु नपर्ने भएकाले संघका संरक्षक समेत रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिएको एनआरएन मलेसियाका महासचिव सुन्दर आलेले जानकारी दिए ।

शाह बर्खास्त भएपछि पुर्वअध्यक्ष शंकर बहादुर पौडेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

शनिबार नै पौडेलले राईलाई पद हस्तातरण गरेका छन् । स्थापनाकाल बाटै संघमा सक्रिय राईले महासचिव र उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame