इक्यान मेलामा आकर्षण

अन्नपूर्ण | २०७३ जेष्ठ ३१ सोमबार 1053 पटक पढिएको

फोटो :फाइल फोटो
काठमाडौं: विगतमा जस्तै यस वर्ष पनि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १० औं मेलामा विद्यार्थीको उत्साहजनक उपस्थिति भएको छ।
 
विद्यार्थीलाई परामर्शदाताका दुई सयभन्दा बढी स्टल र प्याभलियनबाट विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय र क्याम्पसका बारेमा जानकारी दिइएको छ।
 
मेलामार्फत उनीलाई स्वदेशको अध्ययन पश्चात विदेशी विद्यालयमा भर्ना हुनु अघि आवश्यक पर्ने सम्पूर्ण जानकारी गराइएको छ।
 
एकै ठाउँमा विश्वका प्रतिष्ठित विश्वविद्यालय र त्यहाँको शैक्षिक वातावरणका बारेमा जानकारी दिइने हुँदा विद्यार्थीले भरपुर लाभ लिन सक्ने संस्थाका अध्यक्ष प्रकाश पाण्डेले बताए। 
 
जेठ २८ गते सुरु भएको मेला ३१ गतेसम्म जारी रहनेछ। हरेक दिन ३० हजारभन्दा बढीले मेला अवलोकन गरेको संस्थाको दाबी छ। 
 
मेलामा निःशुल्क प्रवेश व्यवस्था गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको हो।
 
मेलामा दुई सय २५ स्टल र १७ वटा प्यभलियन छन्। मेला विद्यार्थीका साथै विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका चर्चित व्यक्तिले समेत अवलोकन गरेका छन।
 
आईतबार नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले मेला अवलोकन गरेका थिए।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame