माइक्रोसफ्टले २८ खर्ब रुपैयाँमा किन्यो लिङ्‍क्ड्इन

अन्नपूर्ण | २०७३ जेष्ठ ३१ सोमबार 4499 पटक पढिएको

फोटो :एजेन्सी
काठमाडौं: विश्वचर्चित सफ्ट्वयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्‍क्ड्इनलाई नेपालको एक वर्षको बजेट भन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेको छ । 
 
माइक्रोसफ्टले लिङ्‍क्ड्इनलाई करिब २८ खर्ब नेपाली रुपैयाँमा खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
पेशागत व्यक्तिहरुले प्रयोग गर्ने यो सामाजिक सञ्जालका रुपमा परिचित लिङ्‍कड्इन किनेपछि माइक्रोसफ्टले प्रतिसेयर १९६ डलर अर्थात करिब २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । 
 
मानिसहरुलाई जागिरसहितका अन्य सुविधाहरु प्रदान गरेर ख्याति कमाएको यो सामाजिक सञ्जाललाई विश्वकै धनी बिल गेट्सको कम्पनीले खरिद गरेको हो । 
 
समाचार अनुसार यो सामाजिक सञ्जालका विश्वभर ४ करोड ३३ लाख सदस्य रहेका छन् । 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame