पार्वतीले लिएर आइन् रिसिया

अन्नपूर्ण | २०७३ जेष्ठ ३२ मंगलवार 1435 पटक पढिएको

ललितपुर (अन्नपूर्ण): चर्चित गायिका पार्वती राई आफ्नो छैटौं एकल एल्बम 'रिसिया' लिएर श्रोतामाझ आएकी छन्। 
 
उनको यो एल्बम कवि तथा गीतकार भूपाल राई, प्राज्ञ नारदमणि हार्तम्छाली, सांस्कृतिक अभियन्ता जनक राई र संगीतकार मण्डल साम्पाङले आइतबार ललितपुरमा आयोजित कार्यक्रममा संयुक्त रूपमा विमोचन गरेका हुन्।
 
एल्बममा भूपाल राई, पेशल राई, नाकिमा, आरडिएस राई रोविन, जानुका राई, भावना परिस्कृत सुनुवार, लालसुन्दर राई शब्द तथा भरत लामा, जितेन राई, विनोद खम्बू, ताराप्रकाश लिम्बू र विक्रम राईको संगीत समेटिएका ११ वटा गीत समेटिएको छ। एल्बमका युगल गीतमा पार्वतीलाई रेवत राई, दौलत राई र विनोद राईले गायनमा साथ दिएका छन्।
 
एल्बम विमोचनपछि बोल्दै गीतकार भूपाल राईले पार्वती सधैं सत्ताबाट टाढा बस्ने प्रतिपक्षी कलाकार भएको तर्क गर्दै भने, 'पार्वती विशुद्ध गायिकामात्रै नभएर सांस्कृतिक अभियन्ता पनि हुन्।' त्यस्तै नारदमणिले एल्बम रिसियाको अर्थ र महत्व विशिष्ट भएको र गायिकाको प्रयास पनि सराहनीय रहेको बताए। 
 
सो अवसरमा पार्वतीले एल्बममा समावेश तीनवटा गीत प्रस्तुत गरेकी थिइन्। उनलाई गायनमा रेवत राई र दौलत राई, हार्मोनियममा मण्डल साम्पाङ, गिटारमा राजकुमार समाल, बाँसुरीमा पावल थुलुङ र तबलामा यमकुमार समालले साथ दिएका थिए।
 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame