राष्ट्रपति ओबामा नरसंहारस्थल जाँदै

अन्नपूर्ण | २०७३ असार १ बुधवार 3808 पटक पढिएको

फोटो :एजेन्सी
वासिङटनः अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो सहरमा अवस्थित समलिंगी रात्रि क्लबमा भएको नरसंहारस्थलमा बिहीबार जाने भएका छन् ।

उक्त स्थलमा गोली चलाएर एक व्यक्तिले ४९ जनाको हत्या गरेको थियो । त्यस स्थानमा पुगेर राष्ट्रपति ओबामाले मारिएका व्यक्तिलाई श्रद्धाञ्जलि दिने छन् । यसका साथै उनीहरूका परिवारलाई समवेदना दिने कार्यक्रम रहेको छ ।

ह्वाइट हाउसले राष्ट्रपति ओबामा त्यहाँ जाने तयारी गरेको बताएको छ । ह्वाइट हाउसले जनाएअनुसार त्यहाँ पुगेर राष्ट्रपति ओबामाले स्थानीय समुदायलाई सान्त्वना दिने छन् ।

त्यस रात्रि क्लबमा एकजना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउँदा ४९ जना मारिएका थिए भने ५३ जना घाइते भएका छन् । सबैजसो घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अफगानी मूलका अमेरिकी नागरिक ओमार मातिनले सुरुमा त्यस समलिंगी रात्रि क्लबमा मनोरञ्जनर गरिरहेका केही युवालाई बन्धक बनाएका थिए । प्रहरीले उनीहरूलाई छुटाउने क्रममा मातिन आफैंले बन्दुक हानेर हत्या गरेका थिए ।

प्रहरीले आक्रमणको मुख्य पात्र ओमारका बारेमा खोजी गरेको थियो । तेइस वर्षका मातिनको विगतको व्यवहार र अरू सम्बन्धित विषयमा प्रहरीले खोजी गरिरहेको जनाइएको छ । त्यस घटनाको अनुसन्धान विस्तृत रूपमा गर्न प्रहरीले विशेष प्रहरी युनिट खडा गरेको जनाएको छ ।

उनी मानसिक रूपमा पनि ठीक नपाइएको स्वास्थ्य प्रमाणपत्र पनि प्रहरीले हात पारेको जनाएको छ । त्यस घटनाको जिम्मेवारी भने (इस्लामिक स्टेट) आइएसले लिएको थियो ।

घटनालगत्तै आतंकवादी संस्था आइएसले त्यस आक्रमणको जिम्मेवारी लिएपछि प्रहरीले उनका बारेमा अनुसन्धान थालेको हो । तर अमेरिकी प्रहरीले सो जिम्मेवारीको विषयमा पूर्ण विश्वास गर्न नसकिने भन्दै त्यस विषयमा पनि अनुसन्धान थालेको छ ।

राष्ट्रपति ओबामाले त्यस हत्याकाण्डका विषयमा ह्वाइट हाउसमा बोलाएर अमेरिकी तथा फ्लोरिडा राज्यका सुरक्षा प्रमुखसँग पनि सोधपुछ गरेका थिए ।

सोधपुछपछि उक्त हत्याकाण्ड अमेरिकी घरायसी मामिलाको अतिवादसँग सम्बन्धित भएको निष्कर्ष निकालिएको छ । यो आइएसले भनेजस्तो उसले गरेको हत्या नभई अमेरिकामा हुने गरेका समय समयका हत्याकाण्डको निरन्तरता भएको दाबी गरिएको छ । एजेन्सी
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame