नाकाबन्दीबीच उत्तर कोरियामा २१ वटा आणविक भट्टी

अन्नपूर्ण | २०७३ असार १ बुधवार 8272 पटक पढिएको

फोटो :एजेन्सी
सोल: उत्तर कोरियाका २१ वटाभन्दा बढी आणविक भट्टी रहेको एकजना अमेरिकन विज्ञले दाबी गरेका छन् । 
 
गएको १८ महिनायता उत्तर कोरियाले थप छ वटा आणविक भट्टी निर्माण गरेको जानकारी आफूले पाएको उनले बताए । यसरी उत्तर कोरियाले हाल २१ वटा भट्टी निर्माण गरेको छ उनको दाबी छ । 
 
दी इन्स्टिच्युट अफ साईन्स एण्ड इन्टरनेशनल सेक्युरिटी (आइएसआइएस) ले शक्तिशाली यस्ता आणविक भट्टीहरु निर्माण गरेको सूचना प्राप्त गरेको जनाएको हो । 
 
उक्त संस्थाले गरेको अनुसन्धानबाट योङब्योनमा यस्ता भट्टीहरु उत्तर कोरियाले निर्माण गरेको देखिएको बताइएको छ । उक्त स्थान उत्तर कोरियाको आणविक हतियार र भट्टीहरु रहेको स्थल हो । 
 
अन्तर्राष्ट्रिय अणु उर्जा एजेन्सी (आइएइए) का प्रमुख युकिया अमानोले हालैमात्र उत्तर कोरियाले पछिल्लो समयमा धेरै आणविक खतराका निर्माण गरेको प्रतिक्रिया दिएको केही दिनपछिमात्र यो थप भनाई आएको छ । 
 
उक्त आइएसआइएस नामक संस्थाले सन् २०१४ को अन्तिमतिर गरेको एक अनुसन्धानमा उत्तर कोरियाका १० देखि १६ वटामात्र यस्ता आणविक हतियार रहेको बताएको थियो । 
 
त्यसयता उक्त संस्थाले उत्तर कोरियाले पछिल्लो समयमा थप आणविक हतियार बनाएको बताएको हो । 
 
सन् २०१५ मा उक्त देशमा ठूलो मात्रामा यस्ता आणविक भट्टीहरु निर्माण गरेको जानकारीमा आएको सो संस्थाले जनाएको छ । सन् २०१६ मा पनि उत्तर कोरियाले आणविक परीक्षणजस्ता कार्यहरु गर्दै आएको छ । 
 
यस्तै अस्त्रको होडबाजीजस्ता कार्यहरुले गर्दा सन् २०१६ सुरु भएदेखि नै उत्तर कोरिया विश्वमा नै विवादास्पद हुदै गएको बताइएको छ । 
 
यस परीक्षणका कारण अमेरिका र संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध र नाकाबन्दी गर्दै आएका छन् । एजेन्सी
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame