अग्नि ग्रुप महिन्द्रा पाओरल जेनेरेटरको आधिकारीक वितरक

अन्नपूर्ण | २०७३ असार १ बुधवार 760 पटक पढिएको

काठमाडौं: महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारिक वितरकमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जी नियुक्त भएको छ। 
 
कम्पनीले महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक सोरुम गैरीधारा र टेकुमा सञ्चालनमा ल्याएको छ। 
 
कम्पनीका अनुसार अब यी जेनेरेटर नेपालका विभिन्न स्थानमा रहेको अग्नी इनर्जीको आधिकारिक डिलरमा उपलब्ध हुनेछ। 
 
महिन्द्रा एन्ड महिन्द्राको दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्सनल अप्रेसन सन्जय जदाबले नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारिक वितरकका लागि अग्नी इनर्जीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। 
 
उनले यस साझेदारीसँगै हालै नियुक्त गरिएका नयाँ डिलर तथा भइरहेका डिलरमार्फत नेपालको १२ जिल्ला लगायत थप जिल्लाका उपभोक्तामाझ पुग्ने योजनामा रहेको बताए।
 
अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभीएदेखि दुई सय केभीएसम्म उपलब्ध रहेको बताए। 
उनका अनुसार यसको इन्धन खपत कम गर्नेछ। 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame