पदाधिकारी नहुँदा महिला आयोग निष्क्रिय

| २०७३ असार २ बिहीवार 1815 पटक पढिएको

काठमाडौं: राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले आयोग पदाधिकारीविहीन भएपछि नयाँ काम गर्न अप्ठ्यारो परेको बताएकी छन्।
 
गत कात्तिकमा सम्पूर्ण पदाधिकारीको समयावधि सकिएपछि राष्ट्रिय महिला आयोग सञ्चालन घिमिरे एक्लैले गर्दै आएकी छन्।
 
आयोगकी सदस्य मोहना अन्सारीको २०७१ साल जेठ १८ मा नै पदावधि सकिएको थियो।अध्यक्ष शेष चाँदताराको कात्तिक २७ मा, कार्यवाहक अध्यक्ष मनु हुमागाईं, सदस्य धनेश्वरीकुमारी चौधरी र उर्मिलादेवी विश्वकर्माको चैत ५ मा पदावधि सकिएको हो।
 
महिला आयोग संवैधानिक आयोग बनेपछि नयाँ ऐन बनाउन मस्यौदा तयार पारी चैतमै महिला मन्त्रालयमा पठाइएको थियो।कामकारबाहीमा अप्ठ्यारो परेपछि आफूले राष्ट्रपति, प्रधानमन्त्री, महिलामन्त्री, कानुनमन्त्रीलगायतलाई अवगत गराइसकेको पनि घिमिरेले बताइन्।
 
संसद्को महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले पनि ऐन निर्माणको पक्रिया अगाडि बढाउन महिला मन्त्रालयलाई घचघच्याइरहेको छ।
 
'चाँडै गर्नुपर्यो भनेर मैले मन्त्रीलाई धेरैपटक भनिसकें', समितिकी सभापति रन्जु ठाकुरले भनिन्।महिला मन्त्रालयले आयोग ऐनको मस्यौदा कानुन मन्त्रालय पठाइसकिएको र त्यहाँबाट फिर्ता आउनासाथ मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको महिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले बताए।
 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame