अंक बाँडे स्विट्जरल्यान्ड र रोमानियाले

एजेन्सी | २०७३ असार २ बिहीवार 1190 पटक पढिएको

फोटो :एजेन्सी
पेरिस: युरोकप फुटबल प्रतियोगिताको बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्ड र रोमानियाले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 
 
समूह 'ए' अन्तर्गतको उक्त खेलको प्रारम्भमै अग्रता लिएर पनि रोमानियाले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको १८ औं मिनेटमा बगदान स्टान्कुले रोमानियालाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । उनले जारी प्रतियोगितामा पेनाल्टीको सदुपयोग गरेको यो दोस्रोपटक हो ।
 
स्विट्जरल्यान्डका कप्तान स्टेफनले अलेज्यान्द्रु चिपसिउलाई जर्सीमा समाएर लडाएपछि रोमानियाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । बगदानले गरेको सोही गोलका कारण रोमानिया पहिलो हाफमा अगाडि रह्यो । तर ५७ औं मिनेटमा स्विट्जरल्यान्डका एडमिर मेहमेदीले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
 
बराबरीको नतिजाले स्विट्जरल्यान्डलाई केही राहत दिए पनि रोमानियालाई भने अघिल्लो चरणमा पुग्ने अभियानमा ठुलै धक्का लागेको छ । दुई खेल खेलेको स्विट्जरल्यान्ड चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । 
 
दोस्रो स्थानमा रहेको आयोजक फ्रान्सले एक खेलबाट तीन अंक जोडेको छ । तेस्रो स्थानमा आसिन रोमानियाको भने दुई खेलबाट एक अंक छ । एक खेलमात्र खेलेको अल्बानियाले खाता खोल्न सकेको छैन । एजेन्सी
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame