धुर्मुस–सुन्तलीलाई सांसद् रविन्द्र अधिकारीको साथ

अन्नपूर्ण | २०७३ असार २ बिहीवार 2672 पटक पढिएको

फोटो :फाइल फोटो
काठमाडौंः युवा सभासद एवम् व्यवस्थापिका संसद्को विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस–सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् । 
 
सिन्धुपाल्चोकस्थित गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेकाहुन् । भूकम्पपीडित जनताको मुहारमा खुशी ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाइ छ । 

राम्रो कामको कदर स्वरुप आफूले पाउने एक महिनाको पारिश्रमीक (करिब ५० हजार रुपैँया) धुर्मुस सुन्तलीलाई प्रदानगर्ने उनले प्रतिबद्धता जनाएका छन् । 

‘देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न सकिएन’, उनले भने, ‘कुरा भन्दाकाम गरेर देखाउन कटिबद्ध हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसासमेत गरेका छन् । 

धुर्मुस सुन्तलीले गरीरहेको कामले पुनर्निर्माणको कामलाई पनि गतिलिन बाध्य गराउने उनको भनाइ छ । 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame