हसिम अम्लाले तोडे कोहली र रिचर्ड्सको रेकर्ड

अन्नपूर्ण | २०७३ असार २ बिहीवार 13209 पटक पढिएको

फोटो :एजेन्सी
काठमाडौं: वेस्टइन्डिजविरुद्धको बुधवार खेलिएको वान डे म्याचमा दक्षिण अफ्रिका १३९ रनले बिजयी भएको छ ।
 
यस जितमा इमरान ताहिरले बलिङमा रेकर्ड बनाउँदा ब्याटिङमा हसिम अम्लाले पनि बिराट कोहली र विव रिचर्डसको रेकर्ड पनि तोडेका छन् । 
 
दक्षिण अफ्रिकाका लागि अम्लाले ९९ बलमा १३ चौकाको मद्दतले ११० रन बनाए । अम्लाको सतकीय पारीको मद्दतमा दक्षिण अफ्रिकाले ३४३ रन बनाउन सफल भयो । 
 
जवाफमा क्यारेबियन टीम ३८  ओभरमा २०४ अलआउट भयो । ताहिरले नौ ओभरमा ४५ रन दिएर सात विकेट लिए । जुन वान डे क्रिकेटको इतिहासमा कुनै बलरको सर्वश्रेष्ठ प्रदर्शन हो । दोस्रोतर्फ अम्लाले पनि आफ्नो शतकीय पारीमा कयौं ठूला रेकर्ड आफ्नो नाममा लेखाउन सफल भए । 
 
अम्लाको रेकर्ड
वान डे क्रिकेटमा अम्लाको यो २३ औं सतक हो । सतकको मामिलामा अम्ला सातौं नम्बरमा पुगेका छन् । जबकि आफ्नो देशा लागि उनी सबैभन्दा धेरै सतक लगाउने दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै २४ वटा सतक एभी डिभिलियर्सले बनाएका छन् । 
 
आफ्नो २३ औं सतक बनाउँदै अम्लाले भारतीय क्रिकेटर विराट कोहलीको रेकर्ड पनि तोडिदिएक छन् । अम्लाले २३ सतक बनाउन १३२ पारी खेल्नुपर्यो । जबकि भारतीय क्रिकेटर विराट कोहलीले १५७ पारीमा २३ सतक बनाएका थिए ।

सातौं सतकदेखि २३ औं सतकसम्म आइपुग्दा अम्ला सबैभन्दा तीब्रगतिका ब्याट्सम्यान पनि भएका छन् । 
 
अम्लाले १४ पारीपछि वेस्टइन्डिजविरुद्ध एक हजार रन पनि बनाउन सफल भए । यो भनेको कुनै पनि बिरोधी टीमका लागि कुनै पनि खेलाडीले बनाएको पहिलो एक हजार रन हो । 
 
यसभन्दा अघि पहिलो १५ पारीमा विव रिचर्ड्सले इङ्ल्यान्डविरुद्ध एक हजार रन बनाएका थिए । 
 
वेस्टइन्डिजको भूमिमा अम्लाले अहिलेसम्म तीनवटा सतक हानिसकेका छन् । यस्तो रेकर्ड बनाउने उनी दोस्रो व्याट्सम्यान हुन् । 
 
उनीभन्दा अघि अस्ट्रेलियाका म्याथ्यू हेडनले १६ पारीमा तीन सतक लगाएका थिए । अम्लाले भने केबल ९ पारीमै यस्तो रेकर्ड बनाएका हुन् । 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame