अख्तियार प्रमुख कार्की र इटालीका मन्त्रीबीच भेटवार्ता

अन्नपूर्ण | २०७३ असार २ बिहीवार 4654 पटक पढिएको

फोटो :इटालीका मन्त्रीसँग भेट्दै अख्तियार प्रमुख ।
काठमाडौँः युरोप भ्रमणका क्रममा इटाली पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र त्यहाँका न्याय राज्यमन्त्री कासिमो फेरीवीच भेटवार्ता भएको छ । 
इटालीको रोमस्थित न्याय मन्त्रालयमा भएको भेटमा न्याय राज्य मन्त्री फेरीले नेपाल भ्रष्टाचार विरुद्धको अन्र्तराष्टिय महासन्धिको पक्ष राष्ट भएकोमा प्रसंशा गरेका थिए । 
 
मन्त्री फेरीले नेपालमा भ्रष्टाचार निवारणमा आयोगले खेलेको भुमिका सकरात्मक रहेको समेत वताए । भेटका क्रममा आयोगका प्रमुख आयुक्त कार्कीले वैदेशिक लगानीकर्ताहरुका लागि नेपालको उर्जा, पर्यटन, दुरसञ्चार लगायत क्षेत्रमा सुनौलो गन्तव्य रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए । 
 
उनले लगानीको सुरक्षा गर्न आयोगले नेपालसरकारसँग सहकार्य गरी सकारात्मक भुमिका निर्वाह गर्ने वताए । 
 
कार्कीले कुनै पनि मुलुकको समृद्धि र विकासको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध राष्टिय र अन्तर्राष्टिय तहबाटै एकजुट भएर लड्नुपर्ने बताए । 
 
भेटका अवसरमा इटलीका लागि नेपाली अवैतनिक दुत पाउलो नुगरी, जेनेभास्थित नेपाली दुतावासका द्धितीय सचिव रञ्जिता दाहाल लगायतको उपस्थिति थियो ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame