उपराष्ट्रपतिको स्वागतमा प्रधानमन्त्री विमानस्थलमा

अन्नपूर्ण | २०७३ असार २ बिहीवार 7223 पटक पढिएको

फोटो :फाइल फोटो
उपराष्ट्रपति स्वदेश फिर्ता
काठमाडौँ: उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन् ।

युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन–दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर पुन स्वदेश फर्किएका हुन् ।

उपराष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

उपराष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, सूचना तथा सञ्चार मन्त्री शेरधन राई र गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए ।

त्यसैगरी, उपराष्ट्रपतिको स्वागत गर्न मुख्य सचिव सोमलाल सुवेदी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित थियो ।

उपराष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । रासस
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame