सत्य निरुपणमा उजुरी दिने म्याद ३० दिन थप

खेम बुढामगर | २०७३ असार २ बिहीवार 1075 पटक पढिएको

फोटो :फाइल फोटो
लिबाङः सत्य निरुपण तथा मेलमिलाप आयोगमा सशस्त्र युद्धपीडितले उजुरी दिने म्याद ३० दिन थप गरिएको छ । आयोगको विहिबारको वैठकले उजुरी दिन समयावधि वढाएको हो । 
 
पीडितहरु उजुरी दिन छुटेकाले समय थप गरिएको हो । आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पीडित कोही पनि उजुरी दिन नछुटुन भनेर समय थप गरिएको वताए । 
 
बैशाख ५ गतेदेखि २०५२ साल फागनु १ देखि २०६३ मंसिर ५ गतेको शान्ति सम्झौताबीचका सशस्त्र युद्धबाट पीडित भएकाहरुले उजुरी दिने व्यवस्था मिलाएको थियो । असार २ गतेसम्म उजुरी आव्हान गरिएको थियो ।
 
पहिलो चरणको उजुरी आव्हानका क्रममा युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पाबाट सत्य आयोगमा २ हजार ४४ उजुरी परेका छन् । 
 
वेपत्ता आयोगका लागि ८९ उजुरी परेको स्थानीय शान्ति समितिका सचिव गणेश विष्टले जानकारी दिए । ‘उजुरीको अन्तिम दिन पीडितको घुइँचो नै लाग्यो ।’, सचिव विष्टले भने, ‘धेरैजसो पीडितले ढिलो सूचना पाएर । म्याद थप्न आग्रह गरिरहेका थिए ।’ 
 
अन्तरिम राहत पाउनका लागि जिल्ला प्रशासन कार्यालयमा विगतमा १९ हजार ९ सय २६ ले निवेदन दिएका यहाँ पहिलो चरणमा थोरैले मात्र उजुरी दिएका छन । 
 
जिल्लामा मृतक ९ सय ४६ र वेपत्ता ३३ ले पाँच लाखसम्मको राहत पाइसकेको अभिलेख छ । ३ सय २३ ले पति गुमाएका छन । सूचना अभावका कारण धेरैजसो पीडितले उजुरी नै दिन आएका छैनन ।
 
स्थानीय शान्ति समितिका अनुसार विगतमा राहतका लागि निवेदन दिएकाले र राहत पाइरहेकाले उजुरी दिन नपर्ने हो कि भन्ने अन्यौलताले पनि उजुरी कम आइरहेको जनाएको छ । 
 
मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लस) कि फिल्ड कार्यक्रम सहायक सबिता बुढामगरका अनुसार राहतका लागि निवेदन दिएर पनि राहत नपाएका पीडित निराश भएर उजुरी नदिएको पाईएको वताउँछिन । 
 
संक्रमणकालीन न्याय प्रक्रियाबारे गाउँमा पीडितहरुलाई सचेतना अभिवृद्धिमा हरप्लेस सक्रिय भएको गाविसबाट पीडितले उजुरी दिएका छन् ।
 
सुरुमा दलका नेता कार्यकर्ता नै उजुरीबारे अन्यौल रहेकाले पनि यहाँ पर्याप्त उजुरी नपरेको नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवं संक्रमणकालीन न्याय प्रक्रियाबारेका जानकार काशीराम डाँगी बताउँछन । 
 
‘दलका नेता, कार्यकर्ता र सरकारी संयन्त्रले सकारात्मक भूमिका खेल्ने हो भने कोही पनि पीडितले उजुरी दिन छुत्ने छैनन ।’, पत्रकार डाँगी भन्छन, ‘मैले पनि उजुरी दिन पीडितसँग समन्वय र सचेतना पैmलाउन पहल गरिरहेको छु ।’
 
उजुरी आव्हानको एक महिनासम्म फाटफुटरुपमा मात्र उजुरी आएका थिए । पछिल्ला अवधिमा उजुरी संख्या ह्वात्तै वढेर दर्ता गर्न नै हम्मेहम्मे परिरहेको समितिकी कम्प्यूटर अपरेटर पूर्णिमा घर्तीमगर बताउँछिन । 
 
वेपत्ता आयोग र सत्य आयोगले उजुरी दिन सकिने म्याद १÷१ महिना थप गरेपछि छुट्ने डरमा रहेका पीडित खुशी भएका छन् ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame