खनाल र पुन सशस्त्रको एआईजीमा बढुवा

अन्नपूर्ण | २०७३ असार २ बिहीवार 1720 पटक पढिएको

फोटो :फाइल फोटो
काठमाडौ: शसस्त्र प्रहरी बलका डिआइजी शैलेन्द्र खनाल र जीतबहादुर पुन सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा भएका छन । 
 
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले खनाल र पुनलाई एआइजीमा वढुवा गर्ने निर्णय गरेको हो । 
 
गृह सचिव नारायण गोपाल मलेगो अध्यक्ष रहेको वढुवा समितिले वैशाख २४ गते खनाल र पुनलाई वढुवा गर्न सिफारिस गरेका थियो ।
 
वढुवा समितिले गरेको निर्णयविरुद्ध डिआइजीद्वय पुष्पराम केसी र उत्तम खडकाले पुनरावलोकनको माग गदै उजुरी समितिसमक्ष उजुरी गरेका थिए । उजुरी समितिले खनाल र पुनको वढुवा सिफारिस कानुनसम्मत भएको भन्दै वढुवा समितिको सिफारिसलाई सदर गरेको थियो । 
 
पुनरावलोकनका लागि सँगै उजुरी समिति गएका केसी र खडकामध्ये खडकाले समितिको निर्णय समेत चित्त बुझ्दो नभएको भन्दै वढुवाको सिफारिस कार्यान्वयन नगर्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 
 
अदालतले खड्काले मागेजस्तो अन्तरिम आदेश दिन नपर्ने भनेपछि खनाल र पुनको बाटो खुलेको थियो ।
 
डिआईजी केसीले उजुरी समितिको निर्णय स्वीकार्दै आफुले आर्जन गरेको व्यवयायिक छवीको जगेर्ना गर्दै भावि पुस्तामा पर्न सक्ने नकरात्मक सन्देश प्रति संवेदनशिल भएर सर्वोच्च अदालत गएनन ।

पद प्राप्ति भन्दा पनि संगठनको व्यवसायिकतालाई प्रमुख प्राथामिकता ठान्दै डिआइजी केसी अदालत नगएको र उनलाइ अदालत नजान संगठनले समेत सुझाएकाले उनी अदालत नगएको केसी निकटस्थ एक एआइजीले अन्नपुर्णलाई वताए ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame